काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मंगलबार बसेको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टी महाधिवेशनको मिति निर्धारणलाई लिएर नेताहरूबीच मतभेद कायम रहेको बताइएको छ ।
संस्थापन पक्षका नेताहरूले आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर समूहले भने महाधिवेशन सम्पन्न गरेर मात्र चुनावमा जानुपर्ने अडान लिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गतेदेखि निरन्तर जारी छ । आजको बैठकमा महाधिवेशनको मिति, संगठन सुदृढीकरण र आगामी निर्वाचन तयारीसम्बन्धी एजेन्डामा छलफल हुने बताइएको छ ।