काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । गर्भनर डा. विश्वनाथ पौडेलले यही कात्र्तिक १७ गते अर्थात सोमबार देखि नैं कार्यान्वयनमा आउने गरी ११ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन।
सो अनुसार विदेशी विनिमय शाखामा रहेका रेवतीप्रसाद नेपाललाई सम्पति तथा सेवा व्यवस्थापन विभागमा, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तिय संस्था नियमन विभाग फर्किएका छन् । मानव संसाधन विभाग विश्रुत थापा वित्तिय संस्था नियमन विभाग पुगेका छन् । मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मा गभर्नर कार्यालयमा आएका छन् । बैंक तथा वित्तिय संस्था नियमन विभागका गुरुप्रसाद पौडेल मानव संसाधन विभाग आएका छन्।
भुक्तानी प्रणाली विभागका किरण पण्डित विदेशी विनिमय व्यवस्थापन विभाग पुगेका छन्।
वित्तिय संस्था सुपरिवेक्षण विभागका सत्येन्द्र तिमिल्सिना भुक्तानी प्रणाली विभाग पुगेका छन् । सम्पति तथा सेवा व्यवस्थापन विभागका रोशन कुमार सिग्देल बैंकिङ विभाग पुगेका छन् । बैंकिङ विभागका डा डिल्लीराम पोख्रेलमौद्रिक व्यवस्थापन विभागमा पुगेका छन्।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका अनुज दाहाल मुद्रा व्यवस्थापन विभागमा पुगेका छन् । गभर्नर कार्यालयका राजन विक्रम थापा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग पुगेका छन् ।