काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित संखुवासभा धर्मदेव नगरपालिका–४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध स्पास्मो ८६ ट्याब्लेट, डिकोलिक ७२ ट्याब्लेट र ट्रामाडोल १ सय ५९ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रेहान लिम्बुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–९ बस्ने ३८ वर्षीय चाँद अलि शेष र ३१ वर्षीय बब्लु शेष रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका–५ बनकटुवा बस्ने २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–४ गोला बस्ने ३२ वर्षीय बिर बहादुर रावल, बाँके कोहलपुर नगरपालिका–५ बस्ने २५ वर्षीय सुरज शाही र भारत कर्नाटक ब्याङलोर बस्ने २४ वर्षीय सोयत साइत रहेका छन् । प्रहरी चौकी जमुनी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सल्यानको शारदा नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ बस्ने २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, सोही नगरपालिका–२ बस्ने २६ वर्षीय सुरज रोका र सोही नगरपालिका–१ बस्ने प्युठान मल्लरानी गाउँपालिका–२ घर भएका २४ वर्षीय सन्दिप नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका–३ बस्ने २४ वर्षीय कैलाश धामी र बैतडी सुर्नया गाउँपालिका–७ बस्ने २३ वर्षीय अबिनाश कुवँर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित ठोरी गाउँपालिका–५ बस्ने २३ वर्षीय विज्ञान बस्नेतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध सहित पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४९ एम्पुल, फेनारगन १ सय ४७ एम्पुल, नुर्फिन १ सय ४७ एम्पुल सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१८ बस्ने ३१ वर्षीय सुदिप विक र सोही उपमहानगरपालिका–१२ माटेपानी बस्ने २२ वर्षीय राहुल मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३८ ट्याब्लेट सहित लमजुङ बेसीशहर नगरपालिका–११ बस्ने २६ वर्षीय बिवश तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ८१६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापाको कमल गाउँपालिका–५ मंगलबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेट सहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिष्णु राजबंशी, सोही गाउँपालिका–३ बस्ने २२ वर्षीय मौसम तामाङ, सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर, शिवसताक्षी नगरपालिका–११ बस्ने २१ वर्षीय रूस्तम बर्देवा, १९ वर्षीय रूचल मगर र सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले बिष्णुको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।