शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माधव नेपाललाई पद हस्तान्तरण गर्न दबाब

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पद हस्तान्तरण गर्न दबाब दिएकी छन्।

उनले  ‘जेन–जी’ आन्दोलनको भावना अनुसार पार्टीमा नयाँ नेतृत्व आवश्यक भएको बताउँदै अध्यक्ष नेपाललाई सम्मानजनक रूपमा पद हस्तान्तरण गर्न आग्रह गरेकी हुन्।

झाँक्रीका अनुसार, यो मागमा ५३६ जनाको समर्थन रहेको छ। उनले लेखेकी छन्, “नेकपा (एस) भित्र यथासम्भव नेतृत्वले सम्मानजनक अभिभावकको भूमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक, विशेषतः जेन–जी पुस्ताले उठाएका मुद्दा संस्थागत रूपमा पूरा गर्न सकिन्छ।”

उनले बुधबार पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई फेसबुकमा पोस्ट गर्दै ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागमा ऐक्यवद्धता जनाएकी हुन् ।

उनका भनाइमा, पार्टीभित्र पुस्तान्तरणको प्रक्रिया अब ढिलो गर्न नहुने र नयाँ नेतृत्वले देशको बदलिँदो राजनीतिक परिवेशअनुसार युवापुस्ताको आकांक्षा सम्बोधन गर्नुपर्ने समय आएको छ।

झाँक्रीको यो अभिव्यक्तिले पार्टीभित्र नयाँ नेतृत्वको माग औपचारिक रूपमा सतहमा आएको छ।