काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरू निर्वाचन आयोगमा पुगेका थिए ।
निर्वाचन आयोगमा पुगेर नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका छन् ।
नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढालगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए ।