शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिने

मंगलबार, कार्तिक ११ २०८२

काठमाडौं । सर्वोच्च अदालतले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका कममा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनीबाट ध्वस्त भएपछि सर्वोच्च अदालतको फुलकोर्टले आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको हो ।

आइतबार बसेको फुलकोर्ट बैठकले आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सबै क्षतिको विवरणसहित जाहेरी दिने निर्णय भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ । आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ । सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् ।