काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गर्दै चार जना नयाँ सदस्य मनोनीत गरेको छ।
पार्टी विधानको धारा २६ बमोजिम शनिबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले सभापतिको सिफारिसमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।
रास्वपाको विधानले सचिवालयमा अधिकतम २५ सदस्यसम्म रहने व्यवस्था गरेको छ। सोही प्रावधानअनुसार सचिवालय विस्तार गरिएको पार्टीले जनाएको छ।
नयाँ सदस्य थपसँगै रास्वपाको सचिवालय १४ सदस्यीय बनेको छ।