काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन २२ दशमलव ५८ अंकले घटेको नेप्से आज बिहिबार पनि १८ दशमलव ४० अंकले घटेर २४ सय ८७ दशमलव १७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७३ अंकले घटेर चार सय ३५ दशमलव २९ अंकमा पुगेको छ । तीन सय ११ वटा कम्पनीहरुको ३६ हजार पाँच सय ३१ पटकको कारोबारमा ७६ लाख ४३ हजार छ सय ३५ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब २७ करोड ५४ हजार आठ सय ६४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहरुको शेयर कारोबार हुँदा बैंकिङ समुहको सुचक शुन्य दशमलव ३३ अंकले बढेर १३ सय ३७ दशमलव ६९ अंकमा पुग्दा सामुहिक लगानी कोष समुहको सुचक पनि झिनो अंकले बढेको छ । यि बाहेक बिकास बैंक समुहको सुचक ६१ दशमलव ६० अंकले घटेर पाँच हजार दुई सय ७० दशमलव ३१ अंकमा पुग्दा जलविधुत समुहको सुचक पनि ३२ दशमलव ७६ अंकले घटेर तीन हजार एक सय ४७ दशमलव ७४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय नौं दशमलव २२ अंकले घटेर १२ हजार ५८ दशमलव १३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव ११ अंकले घटेर १० हजार चार सय ८४ दशमलव ७९ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज हिमालयन पावर पार्टनर लिमिटेडले सबैभन्दा बढी कमाउँदा समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । बिकास बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।