शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै बुझाए हस्ताक्षर

बुधबार, असोज २९ २०८२

काठमाडौं । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

बुधबार अपराह्न सवा ३ बजे कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर बुझाएका हुन् । सो हस्ताक्षरसहितको फाइल बुझ्दै कार्यवाहक सभापति खड्काले  ‘जय नेपाल’ मात्रै भनेका थिए, थप अभिव्यक्ति दिएका थिएनन्।