शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२२ अंकले घट्यो नेप्से, सामुहिक लगानी कोष बाहेक सबै सुचक राताम्मै

बुधबार, असोज २९ २०८२

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन १९ दशमलव ४३ अंकले घटेको नेप्से आज बुधबार पनि २२ दशमलव ५८ अंकले घटेर २५ सय पाँच दशमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९२ अंकले घटेर चार सय ३७ दशमलव दुई अंकमा पुगेको छ । तीन सय १८ वटा कम्पनीहरुको ३५ हजार सात सय ५० पटकको कारोबारमा ७६ लाख ११ हजार छ सय ६० कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम तीन अर्ब १० करोड १८ लाख ३० हजार नौं सय ४५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटोके छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ३५ अंकले घटेर १३ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव एक अंकले घटेर तीन हजार एक सय ८० दशमलव ५१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९२ दशमलव ९८ अंकले घटेर १२ हजार एक सय ६७ दशमलव ३६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६९ दशमलव ४४ अंकले घटेर १० हजार पाँच सय ४० दशमलव ९० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सबैभन्दा बढी कमाउँदा समाज लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।