शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद पुनर्स्थापनाबारे धारणा लिन सभामुखले बोलाएको बैठक आज बस्दै

बुधबार, असोज २९ २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन्।

प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थाबारे दलहरूको धारणा बुझ्न सभामुखले बुधबार बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बैठक बोलाएका हुन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बैठकमा संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने कि नजाने भन्ने विषयमा दलहरूको आधिकारिक मत सुन्ने उद्देश्य रहेको छ।

दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर सहभागी हुन आग्रह गरिएको छ।

दलहरूसँगको छलफलपछि सभामुख घिमिरेले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरूसँग पनि कानुनी परामर्शका लागि छलफल गर्ने तयारी गरेका छन्।