शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस सभापति देउवा सार्वजनिक, उपसभापति खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

मंगलबार, असोज २८ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झण्डै एक महिनापछि सोमबार सार्वजनिक भएका छन् ।

भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा आक्रमण हुँदा घाइते भएका थिए ।

सभापति देउवा उपचार र विश्रामपछि पहिलोपटक नेपाली काँग्रेसको जारी केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्।

सम्बोधनका क्रममा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । उपसभापति खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बैठकमा सहभागी एक प्रतिनिधि जानकारी दिए ।

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।