शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद् विघटन तथा अन्तरिम प्रधानमन्त्री गठनविरुद्ध सर्वोच्चमा रिट

मंगलबार, असोज २८ २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटन तथा अन्तरिम प्रधानमन्त्री गठनविरुद्ध सर्वोच्च अदालनमा रिट दायर भएको छ । मंगलवारदेखि सर्वोच्च अदालतले सबै सेवा सञ्चालनमा ल्याएसँगै रिट दायर भएको हो ।

जेन-जी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए ।