शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा हरियाली, ४४ अंकले बढ्दा चार अर्ब ९७ करोडको कारोबार

सोमबार, असोज २७ २०८२

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन ७८ घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ४४ दशमलव २५ अंकले बढेर २५ सय ४७ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १४ अंकले बढेर चार सय ४४ दशमलव ५४ अंकमा चढेको छ । तीन सय ३० वटा कम्पनीहरुको ४८ हजार आठ सय ३६ पटकको कारोबारमा ९९ लाख चार हजार आठ सय ७४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब ९७ करोड ५४ लाख आठ हजार पाँच सय ४५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहको सुचक बढेकाले नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ८५ अंकले बढेर १३ सय ५५ दशमलव ९२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६७ दशमलव ४० अंकले बढेर तीन हजार दुई सय ७४ दशमलव ८७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३३ दशमलव ८२ अंकले बढेर १२ हजार तीन सय ८१ दशमलव ७८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५२ दशमलव ४२ अंकले बढेर १० हजार सात सय २८ दशमलव ८१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।