काठमाडौं । विपिन जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको इजरायली सेनाले औपचारिक जानकारी दिएको छ ।
इजरायली सेना आईडीएफले आज इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोरलाई विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको हो ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।