शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न शशांककाे सुझाव

आइतबार, असोज २६ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न सुझाव दिएका छन्।

शनिबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति बिघटन गरी महाधिवेशनका लागि एक जनालाई कार्यबहाक सभापति तोक्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार कार्यबहाक सभापतिले नै नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने हो र आगामी मंसिरमा महाधिवेशनको मिति तोक्न सकिने सम्भावना छ।

उनले आगामी निर्वाचनका लागि नेपाली कांग्रेस तयार रहेको उल्लेख गर्दै अन्य दलहरूसँग पनि संवाद र सहकार्यको आवश्यकता रहेको बताए।