शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले अध्यक्ष ओलीले भक्तपुरमा आज विशेष भेटघाट गर्दै

बिहिबार, असोज २३ २०८२

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) भक्तपुरमा विशेष भेटघाट कार्यक्रम गर्न लागेका छन् ।

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार, अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो। बस्नेतले सामाजिक सञ्जालमार्फत भक्तपुरका कार्यकर्ता र सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् ।

भक्तपुर गुण्डुस्थित तिथली चोकमा बिहान ११ बजे हुने उक्त कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको हो।

प्रधानमन्त्री पदबाट जेन–जेड आन्दोलनपछि राजीनामा दिएर बालुवाटार छाडेका ओली हाल गुण्डुमा भाडाको घरमा बस्दै आएका छन्। पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब बढ्दै गए पनि उनले अध्यक्ष पद नछाड्ने अडान कायम राखेका छन् ।