शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

केन्द्रीय समिति भंग गर्ने प्रचण्डको प्रस्ताव

आइतबार, असोज ५ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

त्यस्तै प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने र एक साताभित्र केन्द्रीय समिति बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रस्ताव समेत अघि सारेका हुन् ।

उपमहासचिव जनार्दन शर्माले पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गरिरहेका बेला प्रचण्डले निरन्तरतामा क्रमभंगको पूरानै नीति अनुसार केन्द्रीय समिति नै भंग गर्ने प्रस्ताव अघि सारेका हुन् ।

बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ । विशेषगरी जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिती, आन्दोलनका क्रममा भएका घटनाहरू र आगामी रणनीतिबारे बैठक केन्द्रित हुने बताइएको छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको हो ।