शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा उच्चबृद्धि, एकैदिन एक सय ११ अंकले बढ्दा नौं अर्ब १७ करोडको कारोबार

आइतबार, असोज ५ २०८२

काठमाडौ । नेप्से उच्च अंकले बढेको छ । पुँजीबजार सुधारको लागि कार्यदल गठन गरेको तथा धितोपत्र बोर्डले १५ मिनेटको भारित औषत गणना बिधिलाई तत्कालको लागि स्थगन नेप्से उच्च अंकले बढेको हो । सो अनुसार आज आईतबार नेप्से एकै दिन एक सय ११ दशमलव ७० अंकले बढेर २६ सय २३ दशमलव ६२ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव सात अंकले बढेर चार सय ५५ दशमलव २८ अंकमा चढेको छ । तीन सय २९ वटा कम्पनीहरुको एक लाख आठ हजार नौं सय आठ पटकको कारोबारमा दुई करोड ३२ हजार दुई सय २४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम नौं अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा निर्जीवन बीमा र सामुहिक लगानी कोष समुहको सुचक घटेको छ भने बाँकी समुहहरुको सुचक बढेको छ । आज बाँणिज्य बैंक समुहको सुचक ५० अंकले बढेर १३ सय ८६ दशमलव १३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय ८६ दशमलव २१ अंकले बढेर तीन हजार तीन सय ७६ दशमलव १६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि छ सय ६६ दशमलव ६७ अंकले बढेर १२ हजार चार सय ३० दशमलव ४९ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज सिन्धु बिकास बैंकले सबैभन्दा बढी कमाउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।