काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सखाप पार्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको शक्तिशाली उदय भएको छ।
उनी अहिलेको अन्तरिम सरकारको ‘किङ मेकर हुन्।’ उनको प्रस्तावका आधारमा नै सुशीला कार्की प्रधानमन्त्रीमा अनुमोदन भइन्। जेनजी पुस्ताको आन्दोलनले राजनीतिको नक्शा र रुप नै बदलिदियो, जसका नेपथ्यका हिरो हुन्, बालेन।
जेनजी पुस्ताले अन्तरिम प्रधानमन्त्रीका रुपमा रुचाएको पहिलो नाम थियो बालेन शाह। तर, उनले त्यसलाई अस्तिकार गर्दै कार्कीका नाममा सहमति जुटाउनका लागि नबोली फेसबुकमा लेखेर सुझाव दिए । जेनजी पुस्ता उक्त नाममा सहमत भयो ।
त्यसअघि जेनजी आन्दोलनको उठानमा नेपथ्यमा उनको लोकप्रियताले ठूलो काम गरेको थियो। तत्कालिन सरकार र राज्य सत्ताले जनेजीको आन्दोलनलाई दबाउन पनि सक्थ्यो, यदि बालेनले नेपथ्यमा ढाडस् नदिएको भए।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार मात्र गिरेको छैन, उनको पुस्ताको राजनीति पनि लगभग अब समाप्त गर्दै युवा पुस्तामा केन्द्रिकृत भैसकेको छ।
यसको एउटा महत्वपूर्ण कारण हो, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको सरुवा माग गर्दा टसल लिनु।
बालेनले गुरागाँई भ्रष्टाचारी रहेकाले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि ओलीसँग बारम्बार भनेका थिए।
त्यसका लागि उनले कतिपय कारण पनि देखाए।
गुरागाँईले नक्सा पासमा अनियमितता गरेको जनाए। काठमाडौं भ्यू टावर जस्ता ठूला संरचनाको नक्सा पास गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी स्वीकृति दिएको आरोप लगाए।
प्रचलित नियमअनुसार ‘प्लिन्थ लेभल’ पार गरेपछि भवन नक्साको पुनः स्वीकृति लिनुपर्छ।
बालेनका अनुसार, गुरागाईंले यसलाई बेवास्ता गरी ‘ई–बिपिएस प्रणाली प्रयोग नगरी अनियमित तरिकाले स्वीकृति दिएका थिए।
यसलाई उनले ठाडै अनियमितता र भ्रष्टाचारको सम्भावना भएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाए।
बालेनको दाबी अनुसार, गुरागाईंले राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थका कारण कतिपय ठूला निर्माण कम्पनीलाई लाभ हुने गरी प्रक्रिया सजिलो बनाइदिएका थिए। यसले कानुनी शासन र सुशासनमा धक्का पुगेको उनले आरोप लगाए।
मेयरले गुरागाईंको आचरणलाई प्रत्यक्ष रूपमा ‘भ्रष्टाचारको मिलेमतो’ भनेर उल्लेख नगरे पनि, उनले नक्सा पास गर्दा देखिएको अनियमितता भ्रष्टाचारकै संकेत भएको बताएका थिए।
आरोपपछि बालेनले प्रशासनिक कदम स्वरूप गुरागाईंलाई कार्यालय प्रवेशमै रोक लगाइदिए। महानगर प्रहरीलाई लगाएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरियो।
गुरागाईंलाई कार्यकक्ष प्रयोग गर्न दिइएन, जसले विवादलाई थप गहिरो बनायो।
यसपछि ओलीसँगको टसल झन् गहिरो बन्यो। अनि ओलीले पनि बालेनलाई तर्साउने नाममा गुरागाँईको सरुवा हैन अनेक काम गर्न थाले।
आदेशअनुसार काम गरेको दाबी गरियो।
गुरागाईंले आफूले गरेका सबै निर्णय र नक्सा पास सम्बन्धी स्वीकृतिहरू महानगर प्रमुखकै आदेशअनुसार भएको बताएका छन्।
विवादपछि बनेको छानबिन समितिले गुरागाईंलाई ठूला अनियमिततामा संलग्न नभएको देखाएको भनाइ सार्वजनिक भयो।
उनले आफूलाई नियोजित रूपमा फसाउन खोजिएको र आफ्नो प्रशासनिक इमानदारीमाथि आघात पु¥याइएको गुनासो गरेका छन्।
बालेनलाई असफल बनाउनका लागि कर्मचारीदेखि अन्य जनप्रतिनिधिलाई समेत उरालेर गुरागाँईलाई महानगरमा छिराइयो तर बालेनले उक्त विषयलाई मौनताले नै अस्वीकार गरेका थिए।