काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ तथा भव्य पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने तयारी गरेको छ।
जेन–जी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडास्थित कार्यालयमा आगजनी भएपछि नयाँ भवन बनाउन लागिएको हो। आज कार्यालय अवलोकन गर्न पुगेका अध्यक्ष प्रचण्डले भने, “क्षति त भयो, तर अब पार्टीभित्रका सम्पूर्ण पंक्ति तथा देश–विदेशमा रहेका सदस्यहरूको सहयोगमा भव्य कार्यालय भवन निर्माण गरिनेछ।” तर कार्यालय कहाँ बनाइने भन्नेबारे उनले खुलाएनन्।
उनका अनुसार बैठकका माइन्युट, पुस्तकालयका सामग्री र केही कम्प्युटर भने जोगिएका छन्। ती जोगाउन योगदान गर्ने कर्मचारी तथा कार्यकर्तालाई उनले धन्यवाद पनि दिए।
जेन–जी आन्दोलन सुरु भएयता प्रचण्ड आज पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्। सेनाको सुरक्षामा रहेर केही समय ब्यारेकमा बसेका उनी हाल आफन्तको घरमा बस्दै आएका छन्। आन्दोलनको क्रममा खुमलटारस्थित उनको निवाससहित छोरी गंगा र रेनु तथा अन्य नेताहरूको घरमा समेत आगजनी र तोडफोड भएको थियो।
आज कार्यालय पुगेपछि प्रचण्डले सरसफाइमा जुटेका कार्यकर्ताहरूसँग केही समय