शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दोहोरो अंकले घट्यो नेप्से, दुई वटा समुहले कमाउँदा ११ वटाले गुमाए

बुधबार, भाद्र १८ २०८२

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १९ अंकले घटेको नेप्से आज बुधबार १५ दशमलव ६४ अंकले घटेर २७ सय २६ दशमलव ३३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स दुई दशमलव ७४ अंकले घटेर चार सय ७० दशमलव ९४ अंकमा पुगेको छ । तीन सय २६ वटा कम्पनीहरुको ६८ हजार पाँच सय ९४ पटकको कारोबारमा एक करोड १३ लाख ४५ हजार नौं सय ९४ कित्ता शेयर किनबेच भएको छ भने आज कुल कारोबार रकम चार अर्ब ७२ करोड ८० लाख ५२ हजार आठ सय ६० रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहहरुको सुचक बढेपनि बाँकी ११ वटा समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ९४ अंकले घटेर १४ सय ३३ दशमलव ५४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ४३ अंकले घटेर ३४ सय ४४ दशमलव २७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव ५९ अंकले घटेर १२ हजार आठ सय १९ दशमलव शुन्य एक अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४९ दशमलव २९ अंकले घटेर १२ हजार दुई सय ७९ दशमलव ७२ अंकमा पुगेको छ ।

बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् । व्यावार र सामुहिक लगानी समुहको सुचक आज बढेका छन् ।
नेप्सेमा आज हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा लिर्वर्टी इनर्जी कम्पनीले सबैभन्दा बढी गुमाएको छ । युनियन हाईड्रोपावरको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।