शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाल लाईफ इन्स्योरेन्समा काण्डै काण्ड !

यी हुन् काण्डका नाईके तथा योजनाकारहरु

बुधबार, भाद्र १८ २०८२

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये आफुलाई सबै भन्दा ठुलो र सफल बीमा कम्पनी भएको स्वघोषणा गर्ने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा काण्डै काण्डै देखिएको छ । कम्पनीका सञ्चालक समितीको अध्यक्ष गोविन्दलाल संघाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको शंकास्पद भुमिका र गैरकानुनी कार्यका कारण कम्पनीमा काण्डै काण्ड देखिएको कम्पनी निकट श्रोतले जनाएको छ । कम्पनीको समयमा नैं लेखापरिक्षण नगर्ने, गलतरुपमा दावी भुक्तानी गर्ने, कम्पनीलाई ठुलो र राम्रो देखाउन बढी बीमालेख जारी गर्र्ने र प्रमुख कार्यकारी कै स्वार्थमा बीमा त्याग गराउने देखि दर्जनौं काण्डहरु उक्त कम्पनीमा देखिएका हुन् ।

कम्पनीले बिभिन्न समयमा गरेको लगानीमा समेत पछिल्लो समय जोखिम देखिएको छ । वित्तीय जोखिम न्यूनीकरण गर्न लगानीलाई विविधिकरण गर्नु पर्नेमा नेपाल लाईफले त्यस्तो गरेको छैन । वित्तीय जोखिम न्यूनीकरण गर्न प्राधिकरणले बीमा कम्पनीहरूलाई न्यूनतम १२ क्षेत्रमा लगानी गर्न निर्देशन दिएको भएपनि स्वार्थसमुहमा परेको यो कम्पनीले आठ वटा क्षेत्रमा मात्र निकै ठुलो लगानी गरेको छ । कम्पनीले विगतमा एउटै क्षेत्रमा मात्रै ८० प्रतिशतसम्म लगानी गरेको देखिएको छ । कम्पनीले आफ्नो धेरै लगानी बाँणिज्य बैंकहरुको मुद्धती निक्षेपमा गरेको छ ।

धेरै बैंकमा भन्दा पनि कम्पनीले मुद्धती निक्षेप राख्ने र कमिशन लिने होडबाजी कै कारण वित्तीय सुचकहरु कमजोर भएका केही बाँणिज्य बैंकहरुमा ठुलो परिमाणमा संस्थागत निक्षेप राखेको छ । यस्तो निक्षेप राख्नमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली र अध्यक्ष संघाईकै हात रहेको श्रोतको दावी छ । श्रोतका अनुसार यि दुई व्यक्तिहरुले संस्थागत निक्षेपको नविकरण गर्दा पनि मोलमलाई अर्थात बार्गेनिङ गरी ठुलो आर्थिक लाभ लिने गरेका छन् ।

कम्पनीमा संघाई सहित कमलेश कुमार अग्रवाल, शक्तिकुमार गोल्यान, बिमल प्रशाद पौडेल, कृष्णराज लामिछाने र सर्मिला श्रेष्ठ महर्जन सहितको छ सदस्यीय सञ्चालक समिती रहेको छ । ति सञ्चालक मध्ये सघाईले मारवाडी समुहको संञ्चालकलाई मात्र हातमा लिएर संस्थामा हालीमुहाली गर्दै आएका छन् । यसमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीको पनि निकै ठुलो हात रहेको छ । कम्पनीमा पछिल्लो समय भएका अनियमिता र काण्डका बारेमा खोजी र समाचार संप्रेषण गर्ने कार्य जारी रहेको छ ।