शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुर्घटनामा परी घाईते भएका यात्रुहरुको सशस्त्र प्रहरीद्धारा उद्धार

मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे स्थित गोरखा–आरुघाट सडकखण्डमा काठमाडौंबाट गोरखाको माछी खोला जाँदै गरेको रात्री बस भाद्र १७ गते दुर्घटना परि घाईते भएकाहरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्री बस गति अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार २१ जना घाईते लाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश आरुघाट र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उद्धार गरी उपचारको लागि प्राथामिक उपचार केन्द्र आरुघाट पठाएको तथा २ जना घाईतेलाई थप उपचारको लागि काठमाडौंतर्फ पठाएको छ ।