काठमाडौं । युएईमा हुन् एसिया कप क्रिकेट २०२५ का खेलहरूको समय परिवर्तन गरिएको छ । यस सिजनका खेलहरू अब साँझ ७ः३० बजेको सट्टा ८ बजे सुरु हुनेछन् । युएईमा अत्यधिक गर्मी अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । एसिया कप सेप्टेम्बर ९ देखि युएईमा सुरु हुनेछ ।
यस प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर २८ मा खेलिनेछ । यसपटक यो प्रतियोगिता टी९२० ढाँचामा खेलिनेछ । भारतले एसिया कप २०२५ को आयोजना गर्न पाएको छ तर भारत र पाकिस्तानबीचको खराब सम्बन्धका कारण यो तटस्थ स्थानमा खेलिनेछ ।