शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओली र भियतनामका समकक्षीबीच भेटवार्ता

आइतबार, भाद्र १५ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच तियान्जिनस्थित होटल क्राउन प्लाजामा भेटवार्ता भएको हो।

आधा घण्टा भएको भेटमा उनीहरुबीच दुई पक्षीय आपसी हित र सम्बन्धबारे छलफल भएको बताइएको छ।