काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ३१ दशमलव १७ अंकले घटेर २७ सय ४९ दशमलव ८३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य तीन अंकले घटेर चार सय ७२ दशमलव ६४ अंकमा पुगेको छ । तीन सय २१ वटा कम्पनीहरुको ९७ हजार एक सय ७४ पटकको कारोबारमा एक करोड ४८ लाख पाँच हजार पाँच सय ६९ कित्ता शेयर खरिद किनबेच भएकोमा आज कुल कारोबार रकम छ अर्ब छ करोड १८ लाख २२ हजार तीन सय ७९ रुपैंैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुदा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । आज बाणिज्य बैंक समुहको सुचक १२ दशमलव ७६ अंकले घटेर १४ सय २७ दशमलव ३१ अंकमा पुगेको छ भने जलविधुत समुहको सुचक पनि ५२ दशमलव ३९ अंकले घटेर तीन हजार पाँच सय सात दशमलव ८२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३१ दशमलव ४८ अंकले घटेर १२ हजार नौं सय ३० दशमलव सात अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४२ दशमलव ४४ अंकले घटेर १२ हजार तीन सय ७९ दशमलव ७३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा ग्लोवल समुन्नत योजना २ ले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।