शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाली राजनीतिमा सामन्तवादी प्रवृत्ति अझै मौजूद रहेको गोकुल बास्कोटाको टिप्पणी

शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले नेपाली राजनीतिमा सामन्तवादी प्रवृत्ति अझै पनि गहिरो रूपमा मौजूद रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले सामन्तवाद आज टुकी बालेर खोज्दा देखिन नसक्ने भए पनि राजनीतिक व्यवहार र संस्कृतिमा यसले अझै गहिरो जरा गाडेर शासन गरिरहेको बताएका छन्।

उनले लेखेका छन्, “सामन्त त टुकी बालेर खोज्दा पनि नभेटिएलान्, तर राजनीतिमा सामन्तवाद जब्बर जरा गाडेर बसेको छ। अझ समाज र व्यक्तिमा त सामन्तवादले निर्धक्क शासन चलाएकै छ।”

बास्कोटाले ग्रामीण राजनीतिमा नारदवाद र सहरी राजनीतिमा पेटीबुर्जुवा पुच्छरवाद बलशाली भएकाले पुँजीवादको प्रगतिशील विकास नै अवरुद्ध भएको दाबी गरेका छन्।