शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्नेसम्बन्धी रिटमा कागजात पेश गर्न सर्वोच्चको आदेश

बुधबार, भाद्र ११ २०८२

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको विश्वासको मत नलिएको दाबीसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षबाट लिखित कागजात पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार उक्त आदेश दिएको हो । अधिवक्ता वीरेन्द्र केसीले सरकारमा सहभागी र समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको भन्दै रिट दायर भएको थियो ।

यसअघि न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ मागिसकेको थियो ।

सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई भदौ ११ गते उपस्थित हुन पनि निर्देशन दिएको छ ।