शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राज्य व्यवस्था समितिको सभापति दिलेन्द्र बडूलाई बनाउने कांग्रेसको तयारी

सोमबार, भाद्र ९ २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गर्ने तयारी गरेको छ। हाल समितिका सदस्य रहेका बडूलाई सभापति बनाउन आन्तरिक छलफल चलिरहेको कांग्रेस स्रोतले जनाएको छ।

यस विषयमा टुंगो लगाउन सभापति शेरबहादुर देउवाले सोमबार बिहान स्थगित बैठक दिउँसो फेरि बोलाएका छन्। बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई सहभागी हुनेछन् ।

सभामुख देवराज घिमिरेले समितिको सभापति चयन प्रक्रिया भदौ ११ गतेका लागि तोकेपछि देउवाले आकस्मिक रूपमा शीर्ष नेताको बैठक बोलाएका हुन् ।

कुलिङ पिरियडसम्बन्धी विवादमा मुछिएपछि तत्कालीन सभापति रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि यो पद रिक्त बनेको हो।