काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन नौं दशमलव ७० अंकले घटेको नेप्से आज बिहिबार पनि नौं दशमलव २२ अंकले घटेर २७ सय ५७ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६९ अंकले घटेर चार सय ७४ दशमलव २६ अंकमा पुगेको छ । तीन सय १९ वटा कम्पनीहरुको ५६ हजार आठ सय २४ पटकको कारोबारमा एक करोड ६८ लाख ५५ हजार नौं सय छ कित्ता शेयर खरिद किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब दुई करोड एक लाख चार हजार आठ सय १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा निर्जीवन बीमा उपसमुहको सुचक १८ दशमलव २५ अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंंकले घटेका छन् । बाँणिन्य बैंक समुहको सुचक एक दशमलव ६८ अंकले घटेर १४ सय ३५ दशमलव २२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १९ अंंकले घटेर तीन हजार पाँच सय ७५ दशमलव ३४ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ६२ अंकले घटेर १२ हजार नौं सय ६९ दशमलव ८१ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बिकास हाईड्रोपावर कम्पनीले सबैभन्दा कमाएको छ भने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था सबैभन्दा बडी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।