शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भारत र चीनबिचको सम्झौताविरुद्ध  सबै राजनीतिक दल एक स्थानमा आउनुपर्छ : महामन्त्री गगन थापा

बिहिबार, भाद्र ५ २०८२

काठमाडौँ । नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर भारत र चीनबिचको व्यापार गर्ने सम्झौताविरुद्ध सबै राजनीतिक दल एक स्थानमा आउनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री गगन थापाले दुई छिमेकीबिचको सहमति अस्वीकार्य रहेको बताए । महामन्त्री थापाले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’