काठमाडौ । नेप्से घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार नौं दशमलव ७० अंंकले घटेर २७ सय ६७ दशमलव २० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १० अंकले घटेर चार सय ७४ दशमलव ९६ अंकमा पुगेको छ। नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ५३ हजार आठ सय ५३ पटकको कारोबारमा एक करोड ५२ लाख ६६ हजार छ सय १७ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब २० करोड सात लाख ५३ हजार आठ सय ६८ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल र सामुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ७३ अंकले घटेर १४ सय ३६ दशमलव ९१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २० दशमलव ९८ अंकले घटेर तीन हजार पाँच सय ९४ दशमलव ३४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव १५ अंकले घटेर १३ हजार १२ दशमलव ४४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७२ दशमलव २० अंकले घटेर १२ हजार तीन सय ३० दशमलव ५९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा बिकास हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा पञ्चकन्यामाई हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।