काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन २६ दशमलव २२ अंकले घटेको नेप्से आज बुधबार १० दशमलव ५० अंकले घटेर २७ सय ८५ दशमलव ७४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले घटेर चार सय ७९ दशमलव ७६ अंकमा पुगेको छ । तीन सय २१ वटा कम्पनीहरुको ७० हजार ९९ पटकको कारोबारमा एक करोड ५८ लाख ४७ हजार आठ सय ७३ कित्ता शेयर किनबेच भएको छ भने आज कुल कारोबार रकम रकम छ अर्ब १६ करोड १८ लाख ९४ हजार सात सय ३४ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेपनि बाँकी नौं वटा समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । आज बिकास बैंक समुहको सुचक २० दशमलव ७६ अंकले बढेर पाँच हजार आठ सय ४९ दशमलव १४ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि एक दशमलव शुन्य पाँच अंकले बढेर २५ सय १५ दशमलव ३० अंकमा पुगेको छ । सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि आज बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने आज १० दशमलव १९ अंकले घटेर १४ सय ५४ दशमलव ४५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ११ दशमलव १२ अंकले घटेर तीन हजार छ सय नौं दशमलव ८३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७४ दशमलव ६० अंकले घटेर १३ सय ७८ दशमलव ८३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ३२ अंकले घटेर १२ हजार चार सय ५३ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन्।
नेप्सेमा आज माया खोला हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा कुमारी बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । बलेफी हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।