काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ३७ अंकले घटेको नेप्से आज मंगलबार पनि २६ दशमलव २२ अंकले घटेर २७ सय ९६ दशमलव २४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स चार दशमलव शुन्य तीन अंकले घटेर चार सय ८१ दशमलव ३८ अंकमा पुगेको छ । तीन सय २३ वटा कम्पनीहरुको ७८ हजार दुई सय २६ पटकको कारोबारमा एक करोड ७६ लाख ७१ हजार छ सय ७५ कित्ता शेयर खरिद बिक्री किनबेच भएकोमा आज कुल कारोबार रकम छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार पाँच सय सात रुपैंयाँ कायम भएकोछ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक ९१ दशमलव २३ अंकले बढेर बढेको छ भने बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ९६ अंकले घटेर १४ सय ६४ दशमलव ६४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४६ दशमलव ३० अंकले घटेर तीन हजार छ सय २० दशमलव ९६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव २७ अंकले घटेर १३ हजार एक सय ५३ दशमलव ४३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव ८८ अंकले घटेर १२ हजार चार सय ८७ दशमलव ९१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज सिटी होटल लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिक्लेस हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।