शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नबिल बैंकको खुद मुनाफा बढ्यो, पछिल्लो एक बर्षको नाफा सात अर्बमाथि

मंगलबार, साउन २७ २०८२

काठमाडौं । नबिल बैंकको खुद मुनाफा बढेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्म बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ दशमलव एक प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा नबिलको यस्तो नाफा छ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

बैंकको अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी पनि शुन्य दशमलव शुन्य छ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अहिले भने बैंकको यस्तो आम्दानी बढेर १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यसैगरी बैंकको वितरणयोग्य नाफा पनि ५४ दशमलव ८७ प्रतिशत बढेर चार अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश वितरण क्षमता १७ दशमलव ६४ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा तीन अर्ब ८ करोड २९ लाख ४ हजार रुपैयाँ थियो।

गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पाँच दशमलव ३८ प्रतिशत बढेर तीन अर्ब ४१ करोड ६१ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी तीन दशमलव ४१ प्रतिशत बढेर २१ अर्ब ५१ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा २५ दशमलव ४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख ५० हजार रुपैयाँ पुगेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी तीन दशमलव ४४ रुपैयाँ बढेर २६ रुपैंयाँ ३४ पैसा पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ दुई सय ३५ रुपैयाँ ५८ पैसा रहेको छ।

गत आवको चौंथो त्रैमासमा बैंकको निष्क्रिय कर्जा पनि चार दशमलव ४५ प्रतिशतबाट घटेर चार दशमलव २७ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको रिटर्न अन इक्विटी ११ दशमलव ६४ प्रतिशत छ । हाल चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ बैंकको जगेडा कोषमा ३१ अर्ब ९० करोड ९५ लाख १७ हजार रुपैयाँ छ।