शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री ओलीसमक्ष मदन-आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष ज्ञवालीले लिए पद तथा गोपनियताको शपथ

सोमबार, साउन २६ २०८२

काठमाडौं । प्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा ज्ञवालीले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले शपथग्रहणपछि बोल्दै अब प्रतिष्ठानलाई कुन दिशामा अघि लैजाने र कसरी अघि बढाउने भन्नेबारेमा प्रतिष्ठानको सोमवार बस्ने बैठकमा छलफल हुने बताए । वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारीहरु उत्पादन गर्नेगरी प्रतिष्ठानले काम गर्ने बताए । प्राविधिक शिक्षालाई प्रतिष्ठानले प्रभावकारी बनाउने गरी अघि बढाइने बताए । एकेडेमिक एक्सलेन्सका रुपमा प्रतिष्ठानलाई अघि बढाउने गरी आफूहरुले विचार गरिरहेको बताए ।