काठमाडौं । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले जित निकालेको छ। भर्खरै सम्पन खेलमा नेपालले साउदी अरेबियालाई शुन्यका विरुद्ध एक गोल गर्दैै जित निकालेको हो।
दोस्रो हाफको अन्तिम समयमा नेपालले गोल गरेको थियो । नेपालका लागि सुक्रिया मियाले गोल गरिन्।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दोस्रो हाफको अन्तिम समयमा नेपालले गोल गरेको थियो।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो।
प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुने छन् भने दुई उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।