काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हिमनदीका पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी साइड इभेन्टलाई सम्बोधन गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गरेका हुन् ।