काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेष्ट रिसोट, काठमाडौंबीच एक आपसी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेष्ट रिसोटमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५% छुट प्राप्त गर्न सक्ने छन्।
यो सहकार्यको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई गुणस्तरीय सेवा प्रधान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको बैंकले जानकारी दिएको छ । एनआईएमबीले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको छ।
बैंैंकले हाल २७५ शाखा, २६४ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।