काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । आज आईतबार नेप्से ६३ दशमलव ७३ अंकले घटेर २८ सय ५८ दशमलव ९० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३७ अंकले घटेर चार सय ९० दशमलव ७५ अंकमा पुगेको छ । तीन सय १९ वटा कम्पनीहरुको एक लाख ५२ हजार पाँच सय १८ पटकको कारोबारमा तीन करोड २२ लाख ६० हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम १३ अर्ब सात करोड ५० लाख चार हजार नौं सय २० रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक ३४ दशमलव ३९ अंकले घटेर १४ सय ७६ दशमलव ६६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव ४९ अंकले घटेर तीन हजार सात सय ४८ दशमलव ४७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ९७ दशमलव ९४ अंकले घटेर १३ हजार चार सय ९३ दशमलव ८१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २९ दशमलव ५३ अंकले घटेर १२ हजार नौं सय ७२ दशमलव १८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज टे«ड टावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा सान्भी इर्नर्जी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।