मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

एमएफएन च्याम्पियन बन्ने रवीन्द्र ढाटलाई प्रधानमन्त्रीले दिए बधाई

आइतबार, साउन १८ २०८२

काठमाडाैं । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)–१७ मा ऐतिहासिक सफलता हासिल गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्।

ढाँटले भारतका डिफेन्डिङ च्याम्पियन चोंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट तौलसमूहको उपाधि जितेका हुन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिँदै भनेका छन्, “भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।”

बझाङका रवीन्द्रले तेस्रो राउण्डको ५४ औं सेकेन्डमा कोरेनलाई नकआउट गर्दै उपाधि हात पारेका हुन्। यससँगै उनले भारतका कोरेनको पाँच लडाइँको जितको शृंखला तोडेका छन्। ढाँटको व्यावसायिक एमएमए (मिश्रित मार्शल आर्ट) करिअरमा यो नवौं जित हो। अब उनको रेकर्ड ८ जित र १ हार रहेको छ।

नेपालका लागि यो म्याट्रिक्स फाइट नाइटमा पहिलो पटक जितिएको उपाधि हो, जसले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा झनै उजागर गरेको छ।