शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

बिहिबार, साउन १५ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निस्शुल्क फुटबल वितरणको शुभारम्भ गरे । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गरे ।