काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार ४७ दशमलव ९३ अंकले घटेर २९ सय ५४ दशमलव १४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ७५ अंकले घटेर पाँच सय सात दशमलव ८४ अंकमा पुगेको छ।
तीन सय २७ वटा कम्पनीहरुको एक लाख ४१ हजार एक सय २० पटकको कारोबारमा तीन करोड ६४ लाख १७ हजार सात सय ४२ कित्ता शेयर खरिद किनबेच भएकोमा आज कुल कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार चार सय आठ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा अन्य समुहको सुचक २३ दशमलव ४२ अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव २१ अंकले घटेर १५ सय ३३ दशमलव २५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६३ दशमलव ८७ अंकले घटेर ३८ सय ४२ दशमलव ५३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ५० दशमलव ९४ अंकले घटेर १३ हजार नौं सय ७२ दशमलव ७९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय आठ दशमलव ६८ अंकले घटेर १३ हजार दुई सय ९५ दशमलव ९६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज सान्भी इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा ग्रिन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।