काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन सात अंकले बढेको नेप्से आज मंगलबार ३० दशमलव ७६ अंकले बढेर तीन हजार दुई दशमलव सात अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६६ अंकले बढेर पाँच सय १८ दशमलव ५९ अंकमा चढेको छ। तीन सय २१ वटा कम्पनीहरुको एक लाख ५७ हजार पाँच सय २५ पटकको कारोबारमा चार करोड १८ लाख आठ हजार नौं सय ६६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार आठ सय ८५ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये दुई वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ५७ अंकले बढेर १५ सय ५४ दशमलव ६३ अ्रंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ३९ दशमलव ५१ अंकले बढेर १४ हजार दुई सय ५० दशमलव ६५ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४५ दशमलव ३७ अंकले बढेर १३ हजार चार सय ९९ दशमलव ८४ अंकमा पुगेको छ भने जलबिद्युत, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने ३२ दशमलव ३६ अंकले घटेर छ हजार पाँच सय २४ दशमलव ९८ पुगेको छ भने फाईनान्स समुहको सुचक पनि दुई दशमलव ८६ अंकले घटेको छ ।
नेप्सेमा आज मुक्तिनाथ कृषि कम्पनीले सबैभन्दा बढी कमाउँदा समता घरेलु लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन डिष्ट्रिलरी कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।