शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हिमालयन बैंकको एफपीओ बाँडफाँट कार्य सम्पन्न

मंगलबार, साउन १३ २०८२

काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँट भएको छ । बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा मंगलबार बिहान ९ बजे बाँडफाँट भएको हो ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल एक सय ५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन चार गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो । सो शेयरमा कुल १८ लाख २५ हजार नौं सय २२ जनाले तीन करोड ८५ लाख ९१ हजार एक सय ६० कित्ता शेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १७ लाख चार हजार दुई सय ७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको छ । जस अनुसार कुल नौं लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष भएको नौं कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ । यस अनुसार नौं जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन् ।