बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस

निक्षेप संकलन बोलकवोल र स्थायी निक्षेप सुविधामार्फत खर्बौ रुपैंयाँ प्रशोचन

मंगलबार, साउन १३ २०८२

काठमाडौं । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकम भएको छ । पछिल्लो समय राष्ट्र बैंकले गर्ने तरलता प्रशोचनको रेर्कड बढेर खर्बो रुपैंयाँ पुग्नुले पनि तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस हुने देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो ११ महिनाको अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत दुई हजार सात सय ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत १८ हजार पाँच सय ५८ अर्ब ७० करोड रुपैंयाा समेत गरी कुल २१ हजार तीन सय ४३ अर्ब ५० करोड रुपैंयाँ कारोबारमा आधारित तरलता प्रशोचन भएको छ । यस अवधिमा दुई अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको राष्ट्र बैंकको भनाई छ ।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद एक हजार नौं सय अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर पाँच अर्ब एक करोड खुद खरिद गरी छ सय ७३ अर्ब २५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर पाँच अर्ब ३३ करोड खुद खरिद गरी सात सय आठ अर्ब ८७ करोड तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४६ करोड बिक्री गरी चार सय ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ६४ करोड बिक्री गरी चार सय ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा वाणिज्य बैंकहरूको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को एक खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको रु३७ खर्ब एक अर्ब ४३ करोड र अन्य वित्तीय संस्थाहरूको तीन खर्ब ५९ अर्ब ५५ करोड गरी कुल ४० खर्ब ६० अर्ब ९८ करोडको अन्तर बैंक कारोबार राष्ट्र बैंकको भनाई छ । २०८१ जेठमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ९९ प्रतिशत रहेकोमा २०८२ जेठमा दुई दशमलव ९४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८१ जेठमा दुई दशमलव ९५ प्रतिशत रहेकोमा २०८२ जेठमा दुई दशमलव ९९ प्रतिशत रहेको छ । २०८२ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव नौं प्रतिशत, विकास बैंकहरूको आठ दशमलव २९ प्रतिशत र फाईनान्स कम्पनीहरूको नौं दशमलव दुई प्रतिशत रहेको छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव १७ प्रतिशत, विकास बैंकहरूको नौं दशमलव ९६ प्रतिशत र वित्त कम्पनीहरूको ११ दशमलव ४६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८२ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव २९ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव शुन्य दुई प्रतिशत र फाईनान्स कम्पनीहरूको छ दशमलव शुन्य नौं प्रतिशत रहेको छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव १७ प्रतिशत, विकास बैंकहरूको सात दशमलव शुन्य सात प्रतिशत र फाईनान्स कम्पनीहरूको आठ दशमलव २८ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८२ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर सात दशमलव ९९ प्रतिशत, विकास बैंकहरूको नौं दशमलव ४० प्रतिशत र फाईनान्स कम्पनीहरूको १० दशमलव २२ प्रतिशत रहेको छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १० दशमलव १५ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ६३ प्रतिशत र फाईनान्स कम्पनीहरूको १२ दशमलव ८५ प्रतिशत रहेको थियो ।