काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन १८ दशमलव ४४ अंकले घटेको नेप्से आज सोमबार पुन दुई दशमलव सात अंकले घटेर २९ सय ६२ दशमलव १३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले घटेर पाँच सय १३ दशमलव नौं अंकमा पुगेको छ । तीन सय २१ वटा कम्पनीहरुको एक लाख ७० हजार सात सय २६ पटकको कारोबारमा चार करोड ४१ लाख २४ हजार नौं सय २४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुदा चार वटा समुहले कमाएकाछन् भने बाँकीले गुमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ८० अंकले घटेर १५ सय २३ दशमलव शुन्य एक अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव १८ अंकले घटेर १४ सय ९९ दशमलव १९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ९७ दशमलव ५१ अंकले घटेर १३ हजार तीन सय ५३ दशमलव २१ अंकमा पुगेकोमा जलबिद्युत, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय ९३ दशमलव ६८ अंकले बढेर छ हजार पाँच सय ५७ दशमलव ३५ अंकमा पुगेको छ भने फाईनान्स, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज समता घरेलु लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा बिन्धवासिनी हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । शिवम सिमेन्ट कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।