शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१८ अंकले घट्यो नेप्से, एकैदिन २६ अर्ब ५७ करोडको शेयर कारोबार

आइतबार, साउन ११ २०८२

काठमाडौं । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज आईतबार नेप्से १८ दशमलव ४४ अंकले घटेर २९ सय ६४ दशमलव २० अंंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले घटेर पाँच सय १३ दशमलव ८६ अंकमा पुगेको छ ।

तीन सय २३ वटा कम्पनीहरुको दुई लाख तीन हजार छ सय ५८ पटकको कारोबारमा पाँच करोड ८६ लाख ५३ हजार सात सय ६२ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार दुई सय ३७ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव १३ अंकले घटेर १५ सय ३६ दशमलव ८२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४३ दशमलव २२ अंकले घटेर तीन हजार आठ सय ९८ दशमलव ७३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९५ दशमलव २३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ९१ दशमलव ९२ अंकले घटेर १३ हजार चार सय ५० दशमलव ७२ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी र अन्य समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने ७७ दशमलव ६४ अंकले बढेर छ हजार तीन सय ६३ दशमलव ६६ अंकमा पुगेको छ भने उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज समता घरेलु लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दाम बढी गुमाएको छ । शिवम सिमेन्टको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।