शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा एकैदिन २१ अर्ब ४६ करोडको शेयर किनबेच

आइतबार, साउन ४ २०८२

काठमाडौं । नेप्से बढेको छ । नेप्से आज शुन्य दशमलव ३२ अंकले बढेर २८ सय ७० दशमलव ९५ अंकमा पुगेपनि सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ४७ अंकले घटेर चार सय ९८ दशमलव तीन अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको एकम लाख ७८ हजार एक सय ७६ पटकको कारोबारमा पाँच करोड १६ लाख ५८ हजार तीन सय ८५ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार एक सय ३३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएपनि बाँकी समुहहरुले भने गुमाएका छन् । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव ४१ अंकले घटेर १५ सय २१ दशमलव ९१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ८५ अंकले घटेर ३७ सय ४१ दशमलव ९३ अंकमा अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन् । जीवन बीमा समुहको सुचक भने एक सय ९२ दशमलव २० अंकले बढेर १३ हजार आठ सय ८५ दशमलव ८४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७९ दशमलव ५५ अंकले बढेर १३ हजार एक सय ९४ दशमलव ५१ अंकमा पुगेको छ । होटल तथा पर्यटन, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा समृद्धि फाईनान्स कम्पनीले भने सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।